मनोज सिलवाल विद्युत प्राधिकरणको निर्देशक, सरकारद्वारा छानबिन आयोग पनि गठन

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरण (नेपा) को कार्यकारी निर्देशकमा मनोज सिलवाललाई नियुक्त गरेको छ। आज बसेको मन्त्रीपरिषद् बैठकले हितेन्द्र शाक्यलाई हटाएर सिलवाललाई नियुक्त गर्ने निर्णय गरेको हो।

यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले २०८१ साल चैत्र ११ गते कुलमान घिसिङलाई बर्खास्त गर्दै शाक्यलाई कार्यकारी निर्देशक बनाएको थियो। शाक्य यसअघि पनि ओली प्रधानमन्त्री हुँदा प्राधिकरणका निर्देशक बनेका थिए।

यसै बैठकले गत भदौ २३ र २४ गतेका घटनाबारे अनुसन्धान गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने निर्णय पनि गरेको छ। पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा बनेको उक्त आयोगमा पूर्वएआइजी विज्ञानराज शर्मा र कानूनविद विश्वेश्वरप्रसाद भण्डारी सदस्य रहनेछन्। आयोगलाई तीन महिनाभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ।

मन्त्रिपरिषद्को निर्णयअनुसार हितेन्द्र शाक्यलाई जल तथा ऊर्जा आयोगको विशिष्ट श्रेणीको विशेषज्ञ पदमा नियुक्त गरिएको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिएका छन्।

प्रतिक्रिया