काठमाडौंको मेयरमा फेरि विद्यासुन्दरको सम्भावना बलियो,स्थापितको पनि नाम चर्चामा

काठमाडौं - सबैले चासोको रुपमा हेरेको महानगरपालिका मध्यको एक हो काठमाडौँ । यस अघि एमालेको जितमा परेको महानगरको लागि दुई पार्टी लगाएत स्वतन्त्र रुपमा उमेदवार दिनेको समेत चर्चा छ । 

यसै बीच एमालेले काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवारका लागि पाँच जनाको नाम सिफारिस गरेको छ । 

एमाले काठमाडौं महानगर कमिटीले मेयरसहित उपमेयरका उम्मेदवारको नाम सिफारिस गरेको एमाले जनाएको । मेयरको उम्मेदवारका लागि पूर्वमेयर केशव स्थापित, हालका मेयर विद्यासुन्दर शाक्य तथा पूर्वमन्त्री रामवीर मानन्धरका साथै  निर्मल देउला र इन्दिरा पन्त रहेका छन् । 

सिफारिस भएका ५ पाँच जनामध्येबाट पार्टी केन्द्रले मेयरको उम्मेदवार तोक्ने छ । त्यसैगरी उपमेयरका लागि शान्ति अधिकारी, रत्ना गुरुङ, पेम्बा लामा, निना काफ्लेको नाम सिफारिस गरिएको छ ।

प्रतिक्रिया