मन्त्रीकै गाडीले पैदल यात्रीलाई ठक्कर दियो र भाग्यो

काठमाडौ – शहरी विकास मन्त्री प्रभु साहको गाडीले सर्लाहीमा एक जनालाई ठक्कर दिएर भागेको छ ।

पूर्व-पश्चिम राजमार्गको हरिवनमा मन्त्री साह सवार ना १ झ ३८४२ गाडीले दिँदा लालबन्दी नगरपालिका वडा नम्बर-८ चन्द्रपुर घर भएका ३५ बर्षीय बच्चु तामाङ घाइते भएका हुन् ।

घाइतेको तामाङको अहिले उपचार भइरहेको छ । ठक्कर दिएकी विषयलाई लिएर चर्को आलोचना भएपछि मन्त्रि साहले आफ्नो सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै भागेको भन्ने समाचारको खण्डन गरेका छन् । उनले सामान्य ठोक्किएको र आफूहरु नभागेको बताएका छन् ।

प्रतिक्रिया