केपी ओलीले लोडसेडिङ अन्त्य गर्नु भएको हो, कुलमानले हैन – मुख्यमन्त्री पोखरेल

काठमाडौं – लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले लोडसेडिङ कुलमानले नभई केपी ओलीले अन्त्य गरेको बताएका छन् ।

प्यूठानको कार्यकता भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

देशमा अपुग विद्युत भारतसँग खरिद गरी लोडसेडिङ अन्त्य भएको उहाँले तर्क छ । केपी ओलीले २५० मेगावाट विद्युत् भारतबाट खरिद गर्ने बाताबरण मिलाएको उहाँको भनाइ छ ।

केपी ओलीले लोडसेडिङ अन्त्य गरेपनि कुलमानको काम भनी गलत प्रचार भएको उहाँको भनाई छ ।

कुलमान घिसिङले लोडसेडिङ अन्त्य गर्‍यो भनेर गलत प्रचार गरिएको उनको भनाई छ । ‘लोडसेडिङ अन्त्यका पछाडि भारतसँग गरिएको प्रसारण लाइन विस्तार र विद्युत खरिद सम्झौता नै मुख्य पक्ष थियो ।’ उहाँले भन्नु भयो ।

प्रतिक्रिया