प्रधानमन्त्री ओली र मोदीबीच आत्मीय भेट, सम्बन्ध थप प्रगाढ भएको विश्वास

काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेटलाई आत्मीय, सार्थक र सकारात्मक भएको बताएका छन्। थाइल्याण्डमा सम्पन्न बिम्स्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास) को छैटौँ शिखर सम्मेलनपछि दुई नेताबीच भेटवार्ता भएको हो।

प्रधानमन्त्री ओलीले बिहीबार सामाजिक सञ्जाल ट्विटरमार्फत मोदीसँगको भेटप्रति खुशी व्यक्त गर्दै लेखेका छन्, “मित्र भारतीय प्रधानमन्त्री मोदीजीसँग आत्मीय र सौहार्दपूर्ण भेट भयो। हाम्रो वार्ता अत्यन्तै सार्थक र सकारात्मक रह्यो। यो आत्मीय भेटप्रति म खुसी व्यक्त गर्दछु।”

प्रधानमन्त्री ओलीसँगको भेटपछि भारतीय प्रधानमन्त्री मोदीले पनि दुई देशबीचको सम्बन्ध थप बलियो भएको विश्वास व्यक्त गरेका छन्। बिम्स्टेक शिखर सम्मेलनका अवसरमा भएको यो भेटलाई दुवै पक्षले सकारात्मक रुपमा लिएका छन्।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय