काठमाडौं । नेत्रविक्रम चन्द्रको विप्लप समूह र प्रहरी बीच संखुवासभामा गोली हानाहान भएको छ ।
जिल्ला प्रहरी कार्यालय, संखुवासभाको टोली चैनपुर–४, मैदानेमा पुगेपछि समूहका कार्यकर्ताले प्रहरीलाई लक्षित गरेर फायर खोलेपछि प्रहरीले पनि जवाफी फायर गरेको हो । घटनामा कुनै मानवीय क्षति भएको खबर भने आएको छैन् ।
विप्लव समूहका नेता–कार्यकर्ता भएको सूचनापछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली त्यसतर्फ गएको थियो । प्रहरीलाई देखेपछि विप्लव समूहका कार्यकर्ताले गोली चलाएको प्रहरीले जनाएको छ । विप्लव समूहका कार्यकर्ता जंगलतीर भागेका छन् ।