काठमाडौ । नेकपा औपचारिक रुपमै विभाजन भएको छ । ओली पक्ष र दाहाल – नेपाल बीच अहिले आधिकारीक नेकपाको लागि लडाई भइरहेको छ । सबैले निर्वाचन आयोगको फैसला प्रतीक्षा गरेर बसेका छन् ।
केन्द्रमा फुटको असर जति छ त्यस्तै असर जिल्ला जिल्ला पनि पुगेको छ । कञ्चनपुरमा दुई पक्षबीच कुटाकुट भएको छ ।
नेकपाको जिल्ला कार्यालय महेन्द्रनगरमा प्रधानमन्त्री केपी शर्मा ओली पक्षले ताला लगाएपछि प्रचण्ड–नेपाल पक्षले ताला खोल्न खोजेको थियो। यसै बीच झडपको अवस्था आएको थियो ।
अहिले प्रहरीले कार्यालयमा सुरक्षा दिइरहेको छ । ओलीका पक्षका एक नेताले नेकपा विभाजनतिर गएपछि न्यायालयले यसबारे प्रस्ट निर्णय नदिएसम्म कुनै पनि कार्यक्रम हुन नदिने बताए। उनले तारा लामा तामाङको नेतृत्वमा ताला लाउने भन्ने सूचना पाएपछि पहिले नै आफूहरूले ताला लाउनु परेको बताए।