काठमाडौ । ओली सरकारले असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरे पछि अहिले चौतर्फी कडा बिरोध भइरहेको छ ।
नेकपा प्रचण्ड नेपाल समूहले समेत कडा आन्दोलनका कार्यक्रम घोषणा गरिसकेको छ । यसै बीच नेपाली कांग्रेसले पनि सडक आन्दोलनलाईं कडाइका साथ अगाडी बढाउने भएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको विरोध कार्यक्रमा सहभागिताको लागि सबैलाई अपील गरेको छ ।
कांग्रेसले पुस १३ गते सोमबार १६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन आयोजना गरेको छ ।
देउवाले शनिबार एक विजेप्ती जारी गर्दै विरोध कार्यक्रममा सबैको सहभागिताको लागि अपील गर्नुभएको हो ।