काठमाडौ । ओली सरकारमा राज्यमन्त्री समेत रहेका रामवीर मानन्धरले बहालवाला राज्यमन्त्रीको सबैभन्दा लामो गायनको बिश्व वर्ल्ड रेकर्ड कायम गरेका छन् ।
शुक्रबार एक कार्यक्रमका बीच उनले सो किर्तिमानी कायम गरेको प्रमाणपत्र समेत पाएका छन् ।
राज्यमन्त्री मानन्धरले उक्त समयमा क्रमश ५९ वटा गीत गाउनुभएको थियो । उहाँले केही राष्ट्रिय गीत, आधुनिक गीत र नेवारी गीतहरु गाउनुभएको थियो । नारायण गोपाल, भक्तराज आचार्य, प्रेमध्वज प्रधान, प्रकाश श्रेष्ठ, दीप श्रेष्ठ, तारादेवी, अरुणा लामालगायतले गाएको गीत उहाँले ट्रयाकमा गाउनुभएको हो ।
‘देशले रगत मागे मलाई बलि चढाऊ’, ‘जहाँ छन् बुद्धका आँखा’, ‘ठूला ठूला महल होइन’ लगायतका गीत उनको रोजाइमा परेको थियो । कार्यक्रममा प्रधानमन्त्री पत्नी महिला राधीका शाक्यले राजनीति र गायनसँगै आफ्नो व्यक्तित्व अगाडि बढाउन सफल भएकोमा मन्त्री मानन्धरलाई बधाई दिए ।