काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री परिषद् पुनर्गठन गरेका छन् ।
नेकपामा चर्किएको विवादसँगै प्रचण्ड – नेपाल समूहका मन्त्रीहरुले राजीनामा दिए पछि खाली रहेका मन्त्रालयमा आज मन्त्री चयन गरेका हुन् । सात मन्त्रीले केही दिन अघि राजीनामा दिएका थिए ।
मन्त्री हुनेमा टोपबहादुर रायमाझी, प्रभु साह, दावा तामाङ, मणि थापा, गौरीशंकर चौधरीलगायत रहेका छन् । उनीहरूको ६:३० मा सपथ ग्रहण हुने छ ।
रायमाझी,शाह र थापा पूर्व माओवादी खेमाका नेताहुन । ओलीले आफ्नो खेमामा पक्का गर्न हुनीहरुलाई मन्त्री पद दिएको सहजै अनुमान लगाउन सकिन्छ ।