काठमाडौ । संसद विघटनको घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई सर्वोच्चले रोक्ने धेरैको अनुमान बीच आज भएको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
बुधबार भएको प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराको एकल इजलासले प्रारम्भिक सुनुवाई गर्दै यो मुद्दा संवैधानिक इजलासबाट टुंगो लगाउने आदेश दिएको हो । राणाको इजलासले अन्तरिम आदेश दिन भने अस्वीकार गरेको छ ।
बुधबार रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, टीकाराम भट्टराई गोविन्द वन्दी, कृष्ण भण्डारी कञ्चनकृष्ण न्यौपाने लगायतले बहस गरेका थिए ।