काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटन गर्ने निर्णयको विरोध गर्दै मन्त्री पदबाट राजीनामा दिएका ७ मन्त्री मध्यका २ मन्त्रीले सरकारी गाडी र निवास छोडेका छन् ।
आईतबार राजीनामा दिए लगत्तै जलस्रोत मन्त्री वर्षमान पुन र पर्यटन मन्त्री योगेश भट्टराईले सरकारी गाडी र निवास छोडेका हुन ।
उनीहरू रातारात आफ्नो सबै सामान सरकारी निवासबाट सारेका स्रोतको भनाइ छ ।
मन्त्री गुम्दा पनि लामो समय सम्म सरकारी सेवा सुविधा लिइरहने अन्य मन्त्रीको लागि यी राम्रो पाठ हुन सक्छ ।