राष्ट्रपतिद्वारा संसद् विघटन, वैशाख १७ र २७ गते आमनिर्वाचन

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को प्रतिनिधिसभा विघटन गर्नुभएकाे छ । मन्त्रिपरिषद्को सिफारिसमा आइतबार राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्नुभएकाे हाे ।

राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा १ र ७ तथा धारा ८५ र संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्यमान्यता बमोजिम भनी संसद विघटनको घोषणा गर्नुभएकाे छ ।

उहाँले मन्त्रिपरिषद्को सिफारिस बमोजिम ताजा जनादेशका लागि २०७८ वैशाख १७ गते पहिलो चरण र २७ गते दोस्रो चरणमा प्रतिनिधिसभाको निर्वाचनसमेत ताेक्नुभएकाे छ ।

संसद विघटनको प्रस्तावको विरोध भइरहे पनि राष्ट्रपतिले पारित गर्नुभएकाे हाे ।

प्रतिक्रिया