काठमाडौ – प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक सम्बन्धि अध्यादेश राष्ट्रपती बाट प्रमाणित गरे पछि राजनितिक माहोल फेरि तातेको छ ।
नेकपा प्रचण्ड खेमाले यस विषयमा कुनै प्रतिक्रिया नदिए पनि अन्य दलहरुले बने अध्यादेशको चर्को आलोचना गरेका छन् ।
यसै बीच नेपाली कांग्रेसका युवा नेता गगन थापाले आफ्नो सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै संसद बन्द गर्ने अनि संविधानको व्यवस्थाको खिल्ली उडाउने प्रावधान राखेर राष्ट्रपतिसंगको साठगाँठमा अध्यादेश जारी गर्नु गलत भएको बताउनु भएको छ ।
साथै थापाले सरकारको यो असंवैधानिक र निरङ्कुश कदमलाई असफल बनाएरै छाड्ने बताउनु भयो ।
संसद बन्द गर्ने अनि संविधानको व्यवस्थाको खिल्ली उडाउने प्रावधान राखेर राष्ट्रपतिसंगको साठगाँठमा अध्यादेश जारी गर्ने!
K P…Posted by Gagan Thapa on Tuesday, December 15, 2020