नेपाल टेलिकमको नाफामा गिरावट

काठमाडौं – नेपाल टेलिकम (NTC) ले आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ, जसअनुसार कम्पनीको खुद नाफामा गिरावट आएको छ।

विवरण अनुसार, गत आर्थिक वर्षको अन्त्यसम्ममा नेपाल टेलिकमले ६ अर्ब ६१ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.४४ प्रतिशतले कम हो। अघिल्लो वर्ष कम्पनीले ७ अर्ब ९२ करोड १ लाख रुपैयाँ नाफा कमाएको थियो।

कम्पनीको आम्दानीमा आएको गिरावटका कारण नाफा घट्न पुगेको हो। समीक्षा अवधिमा कम्पनीको आम्दानी ४.९९ प्रतिशतले घटेको छ भने वित्तीय आम्दानीमा १६.६८ प्रतिशतले कमी आएको छ। समग्रमा, कम्पनीको कुल आम्दानी ६.३२ प्रतिशतले घटेको छ।

नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानीमा पनि कमी आएको छ। समीक्षा अवधिमा प्रतिशेयर आम्दानी ७ रुपैयाँ २४ पैसा घटेर ३६ रुपैयाँ ७७ पैसामा सीमित भएको छ। सोही अवधिमा कम्पनीको प्रतिशेयर नेटवर्थ ५२५ रुपैयाँ ४३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २२.९८ गुणा रहेको छ।

कम्पनीको चुक्ता पूँजी १८ अर्ब रुपैयाँ रहेको छ भने जगेडा कोषमा ७६ अर्ब ५७ करोड रुपैयाँ सञ्चित भएको छ।

प्रतिक्रिया