काठमाडौं : इमर्जिङ नेपालको आइपीओमा ७४ करोड ४७ लाख ३२ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार बुधबार साँझ ५ बजेसम्ममा ६ लाख ३३ हजार २१७ जनाले ७४ लाख ४७ हजार ३२० कित्ताका लागि आवेदन दिएका छन् ।
यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा १४.४१ गुणा बढी आवेदन हो । कम्पनीले आज बुधबार (माघ २६ गते) बाट प्रतिकित्ता १०० रुपैयाँको दरमा ५ लाख ५५ हजार ६०० कित्ता आइपीओ निष्कासन गरेको हो ।
कम्पनीको आइपीओमा छिटोमा फागुन १ गते सम्म आवेदन दिन सकिने छ भने त्यो अवधिमा आवेदन पूर्ण नभए फागुन ११ गते सम्म मिति थप गरिने छ ।
कम्पनीले ५ लाख ५५ हजार ६ सय कित्ता शेयर निष्कासन गर्दै छ । जसमा ११ हजार १ सय १२ कित्ता कर्मचारीको लागि,२७ हजार सात सय ८० कित्ता म्यूचुवल फण्ड र बाकी रहेको ५ लाख १६ हजार ७०८ कित्ता सर्वसाधारणको लागि निष्कासन गर्ने छ ।
यो कम्पनीमा पनि संग भन्दा धेरै आइपीओ आवेदन पर्ने निश्चित छ त्यसैले केबल दश कित्ता मात्र आवेदन दिए पुग्ने देखिन्छ ।