माघ २६ गते पनि नयाँ आइपीओ निष्कासन हुने

काठमाडौं - नेपालमा धमाधम आइपीओ खुल्न थालेका छन् । यही माघ २१ गते जाल्पा सामुदायिक लघुवित्तको आइपीओ निष्कासन हुँदै छ भने अर्को कम्पनीले पनि आज आइपीओ निष्कासनको मिति तय गरेको छ । 

 

इनर्जी नेपालले माघ २६ गतेबाट प्राथमिक शेयर निष्कासन खुल्ला गर्ने आज एक सूचना मार्फत जानकरी दिएको छ । 

 

कम्पनीको आइपीओ मा छिटोमा फागुन १ गते सम्म आवेदन दिन सकिने छ भने त्यो अवधिमा आवेदन पूर्ण नभए फागुन ११ गते सम्म मिति थप गरिने छ । 

 

कम्पनीले ५ लाख ५५ हजार ६ सय कित्ता शेयर निष्कासन गर्दै छ । जसमा ११ हजार १ सय १२ कित्ता कर्मचारीको लागि,२७ हजार सात सय ८० कित्ता म्यूचुवल फण्ड र बाकी रहेको ५ लाख १६ हजार ७०८ कित्ता सर्वसाधारणको लागि निष्कासन गर्ने छ । 

 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय