काठमाण्डौ - अदालतको आदेश बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी छन् ।
संविधानको धारा ७६ (५) बमोजिम देउवा प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । देउवा प्रधानमन्त्री नियुक्त भए पनि सपथग्रहणका लागि समन्वय भइरहेको राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले बताए ।
देउवा अहिले गठबन्धनसँग छलफलमा छन् । सपथका लागि साइत समेत जुराउनुपर्ने भएकाले साँझ अबेरसम्म शीतल निवासमा नयाँ प्रधानमन्त्रीको सपथग्रहण हुने बताइएको छ ।