इन्फिनिटी लघुवित्तले पनि घोषणा गर्यो आकर्षक लाभांस,नगद र शेयर कति ?

काठमाण्डौ । गत आर्थिक बर्षको मुनाफाबाट कम्पनीहरुले धमाधम बोनस घोषणा गरिरहेका  छन । यसै विच इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड २०७७र७८ को नाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

लघुवित्तको मंसिर ४ गते शनिबार सम्पन्न भएको सञ्चालक समितिको ७३ औंबैठकले साविक नेपाल एग्रो लघुवित्त वित्तीय संस्थालाई प्राप्ती गरेपश्चात आर्थिक वर्ष २०७७र७८ को वितरण योग्य मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको २७।७० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजन सहित १।४६ प्रतिशत नगद लाभांश गरी कुल २९।१६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

अघिल्लो आवबाट लघुवित्तले १४।२५ प्रतिशत बोनस र ०।७५ प्रतिशत नगद लाभांश वितरण गरेकोमा गत आवमा भने झण्डै दोब्बर लाभांश वितरण गर्ने प्रस्ताव गरिएको छ । यसअनुसार लघुवित्तले ८ करोड ९९ लाख ९ हजार ८१२ रुपैयाँ ७४ पैसा बोनस शेयर र ४७ लाख ३२ हजार ९५ रुपैयाँ ४१ पैसा नगद लाभांश वितरण गर्नेछ ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय