चुनाव नजिकिँदै गर्दा एमालेमा प्रवेश गरे पुण्य गौतम

काठमाडौं - नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य पुन्य गौतम एमाले प्रवेश गरेका छन् । एमालेले मंगलबार काठमाडौमा गरेको चुनावी सभामा युट्वमार्फत चर्चामा आइरहने गौतम एमाले प्रवेश गरेका हुन् ।

त्यसक्रममा साहित्यकार चन्द्रमणी भट्टराई केही खेलाडी पनि एमाले प्रवेश गरेका छन् ।उनीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन् । 

कार्यक्रममा गौतमले कविता वाचन गरेका थिए । त्यसक्रममा उनले ओलीलाई भ्लादिमिर पुटिन र सीजीनपिङसँग तुलना गरेका थिए ।

प्रतिक्रिया