भ्रष्टाचारमा भागबण्डा नमिल्दा नेकपाको विवाद आएको हो – शाह

काठमाडौ – भ्रष्टाचारमा भागबण्डा नमिल्दा नेकपाको विवाद भएको लेखा समितिका सभापति भरत कुमार शाहले आरोप लगाउनु भएको छ ।

सैद्धान्तिक र राजनीतिक नभएर भ्रष्टाचारमा एकलौटी हुँदा नेकपाभित्र विवाद उत्पन्न भएको शाहको टिप्पणी छ ।

शनिबार बुटवलमा बोल्दै शाहले नेकपाको झगडाले देश बर्बाद हुन लागेको आरोप लगाउनु भयो ।

‘सरकारले सबै खरिद प्रक्रियामा भ्रष्टाचार गरेको छ,’ शाहले भने, ‘कोरोना नियन्त्रणका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री किन्दा भ्रष्टाचार भएको छ,उहाँले भन्नु भयो ।

प्रतिक्रिया