सरकारको काम देखेर आत्तिएकाले सरकार फेरिने हल्ला चलाए – प्रधानमन्त्री ओली

काठमाडौ – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार फेरिने हल्लाको पछि नलाग्न सबैलाई आश्वस्त पारेका छन् ।

सरकारको लोकप्रियता र कामलाई देखेर आत्तिएकाहरुले सरकार फेरिने हल्ला चलाएको दाबी छ ।

फक्ताङलुङ गाउँपालिका- ६ घुन्सामा स्थापित सामुदायिक स्वास्थ्य एकाइ भवनको आज उद्घाटन गर्दै उनले सरकार मुलुकको समृद्धिका लागि चौतर्फी रूपमा लागिपरेको जनाउँदै देशको समृद्धि नचाहने मान्छे विभिन्न तत्व सरकारविरुद्ध लागेको बताउनु भयो ।

‘हामी समृद्धिका लागि अघि बढिरहेका छौं तर केही पक्ष लोकतान्त्रिक प्रणालीविरूद्ध भ्रम फैलाइरहेका छन्, यो कार्य त्रुटीपूर्ण हो,’ प्रधानमन्त्री ओलीले भने।

पछिल्लो समय नेकपा विवादले पार्टी विभाजन हुने वा सरकार परिवर्तन हुने सम्मका हल्ला चलिरहेका छन् ।

प्रतिक्रिया