काठमाडौं – नेपाली कांग्रेसका युवा नेता गगन थापाले प अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई लगाएका आरोप राष्ट्रिय सरोकारका भएका भन्दै त्यसको हिसाबकिताब संसद् र सडकबाट मागिने बताएका छन् ।
उनले आज एक विज्ञप्ती प्रकाशित गर्दै नेकपाको विवादबारे समेत चर्को आलोचना गर्नु भएको छ ।
दाहालले ओली माथि लागेको आरोप बारे थापाले भनेका छन्
‘यस प्रकरणमा उठेका र उठाइएका सार्वजनिक र राष्ट्रिय सरोकारका विषयहरूलाई फगत पार्टीभित्रको आन्तरिक शक्ति संघर्षबीच उठेको मनमुटाबको तितो अभिव्यक्तिका रूपमा लिने भुल कम्तीमा प्रतिपक्षले गर्ने छैन,’ । साथै उहाँले ‘नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षले आफ्नै पार्टीका तर्फबाट बन्नु भएको प्रधानमन्त्रीको सन्दर्भमा उठाउनु भएको एकएक प्रकरणको हिसाब किताब अब संसद् र सडक दुवैबाट मागिने छ ।’
प्रधानमन्त्रीज्यू, पुष्पकमल दाहाल( प्रचण्ड )ज्यू , कसले कसलाई फकाउने हो,कसले कसलाई तर्साउने हो,तपाईँहरू नै…
Posted by Gagan Thapa on Wednesday, November 18, 2020