थोरै लगानीमा मालामाल बन्न चाहनुहुन्छ ? त्यसो हो भने यी ५ मन्त्र याद गर्नुहोस्

काठमाडौं – पछिल्लो समय नेपालमा नयाँ लगानीकर्ताहरुको आगमन तिब्र बनिरहेको छ । यो वर्ष मात्र शेयर बजारमा करिब 7 लाख नयाँ लगानी कर्ता थपिएको अनुमान छ ।

शेयर बाजार यस्तो ठाउँ हो जहाँ पौडिन नजान्नेलाई नराम्रो सँग डुबाउँछ भने तैरिन जान्नेहरुको लागि मालामाल बनाउँछ । यदि तपाईं नयाँ हो र राम्रो गर्ने सोचमा हुनुहुन्छ भने केही बेसिक कुराहरू मात्र याद गर्नुभो भने राम्रो हुन्छ । हामीले ५ बेसिक कुरा यहाँ भन्न गइरहेका छौं ।

१.वारेन बफेटका अनुसार सेयर बजारमा लगानीका लागि हरेक समय उचित हुन्छ । त्यसैले तपाईं आफूले सोचेर आफ्नो मूल्यमा किन्ने सोचमा नबस्नुस् । शेयर बजारको लागि जुनसुकै कम्पनी पनि राम्रो हो र जुन सुकै समय पनि उत्तम हो भन्ने सोच्नुहोस् ।

२.शेयर बजार देखासिकी गर्ने ठाउँ हैन । यहाँ अरु भन्दा फरक भएपछि मात्र हजुर राम्रो गर्न सक्नुहुन्छ । अरूले जुन कम्पनीमा लगानी गर्छन् त्यही कम्पनीमा लगानी गर्ने सोच बदलौं । हजुरलाई राम्रो लागेको कंपनी मा लगानी गरौं । पक्कै राम्रो हुने छ ।

३.शेयर खरिद गर्दा धेरैले त्यसको मूल्य हेर्ने चलन छ । तर सबै ठाउँमा यो राम्रो र लागू हुने कुरा हैन् m शेयर खरिद गर्दा मूल्य भन्दा शेयरको भ्यालु हेरेर लगानी गर्नुहोस् कहिलै घाटामा जान पर्दैन ।

४.शेयरमा लगानी गर्दा कम्पनीको आम्दानी र लाभांस हेरेर लगानी गर्नु पर्छ । नगद लाभांस भन्दा नयाँ लगानीकर्ताको लागि शेयर लाभांस अति राम्री हुन्छ । यस्ता कम्पनी छनौट गर्नुस् जूनले बोनस शेयर दिने वाला छन् ।

५.धेरैले शेयर खरिद गर्दा कम्पनीको ऋण कति छ भन्ने ख्याल्नै गर्दैन तर कम्पनीको ऋणको अवस्थाले नै बोनस निर्धारण गर्छ । त्यसैले कम्पनीको दीर्घकालीन र अल्पकालीन ऋण कति छ हेरेर त्यो कम्पनीको शेयर किन्नुहोस ।

प्रतिक्रिया