दाजुलाई टीका लगाउन हिँडेकी निर्मलाको बाईकले ठक्कर दिदा ज्यान गयो

उदयपुर – आज उदयपुरबाट बिहानै दुखद खबर आएको छ । तिहारको बेला किनमेल गर्न हिँडेको एक १७ वर्षे युवतीको ज्यान गएको छ ।

उदयपुरमा मदन भण्डारी लोकमार्ग उदयपुरगढी गाउँपालिका ७ की १८ वर्षीया निर्मला बिक मृत्यु भएको छ । स ९ प ४७२ नम्बरको मोटरसाईकलले पैदल यात्री निर्मलालाई ठक्कर दिँदा उनि गम्भिर घाइते भएपछि उपचारको क्रममा जिल्ला अस्पताल बोक्से ल्याउँदै गर्दा मृत्यु भएको उनको भनाइ छ ।

मोटरसाइकल र मोटरसाइकल चालक उदयपुरगढी ८ बस्ने १९ बर्षीय मेसक राई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिइएको छ ।

प्रतिक्रिया