आफ्नो जन्म दिनको अवसरमा बागलुङका युवाले अविष्कार केन्द्रलाई गरे यति ठूलो सहयोग

काठमाडौं – आफ्नो जन्म दिनको अवसरमा एक बागलुङका यूबाले आविष्कार केन्द्रलाई सहयोग गरेका छन् ।

गल्कोट नगरपालिका मल्म निवासी तुलबिर थापाले ५० हजार ८९० रुपैयाँ सहयोग गरेका छन् । साथै आउँदा दिनहरूमा समेत हरेक महिना ५ हजारका दरले केन्द्रलाई सहयोग गर्ने बताउनु भयो ।

थापाले जापानमा रेस्टुरेन्ट व्यवसाय गर्दै आउनु भएको छ ।

शुक्रबार आविष्कार केन्द्रमै पुगी पत्रकार बबिता शर्मा र बैङ्कर्स शिव आचार्यले संयुक्त रुपमा उक्त सहायता रकम केन्द्रका संयोजक महावीर पुनलाई हस्तान्तरण गर्नुभयो ।

सहयोग लिँदै पछि केन्द्रका प्रमुख महावीर पुनले सहयोगी पुनलाई दुर्घायु सहित यो पुण्यको कामको लागि धन्यवाद दिनु भयो ।

आफ्नो जन्म दिनको अवसरमा सहयोग गर्न पाउँदा आफूलाई निकै खुसी लागेको सहयोगी थापाले बताउनु भयो । उहाले यो लगाएर धेरै सामाजिक काममा सहयोग गर्दै आउनु भएको छ ।

प्रतिक्रिया