काठमाडौं- लोकप्रिय हास्य कलाकार मनोज गजुरेल कोरोना संक्रमण मुक्त भएका छन् ।
११ दिनको अस्पताल बसाई पछि शनिबार कोरोना मुक्त भै उनी घर फर्किएका हुन् ।
आफू कोरोना मुक्त भएको कुरा उनले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।
कोरोना संक्रमण पछि होम आइसोलेशन मा रहेका गजुरेल स्वास्थमा समस्या आए पछि प्रहरी अस्पताल लगिएको थियो ।