आफ्नै रगत दिएर एक प्रहरी जवानले महिलाको ज्यान जोगाए

प्रहरीको बेला बेलामा आलोचना हुन्छ, जनता मैत्रि काम गरेनन् र जनताको साथी हुन सकेनन् भनेर । तर धेरै यस्ता राम्रा काम पनि गरेका छन् जुन राम्रा काम ओझेलमा परेका हुन्छ ।

एक प्रहरी जवानले आफ्नो रगत दिएर महिलाको ज्यान बचाएका छन् । हुम्लाको सिमकोट गाउँपालिका–८ निवासी ४१ वर्षीया सुन बुढाले गर्भपतनका लागि औषधि प्रयोग गर्दा उनको ज्यान जोखिममा उनलाई रगतको आबस्यकता पर्यो कोही नपाएपछि उनलाई राजेन्द्र रानाले रगत दिएपछि उनको ज्यान जोगिएको छ ।

गर्व पतनको औषधिको प्रयोगले उनको उच्च रक्तस्रव भएको थियो । डाक्टरको सल्लाह बिना आफै औषधि खाँदा यस्तो भएको अस्पताल श्रोतले जनाएको छ ।

अझै बुढाको अवस्था नाजुक रहेकाले दुई प्रिन्ट रगतको आवश्यक देखिएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया