धनुषा – लागि घर पोत्ने माटो लिन गाएकी धनुषाकी सुनिता कहिलै नफर्कने गरि बिदा भएकी छन् ।
धनुषाको बटेश्वर गाउँपालिका वडा ४ मा माटोको ढिस्कोमा परी ३५ वर्षीय सुनिता देवी रविदाको मृत्यु भएको हो भने दुई जना गम्भीर घाइते भएका छन् ।
सो घटनामा घाइते हुनेमा १४ वर्षीया मधुकुमारी ठाकुर र सोही उमेरका रिनादेवी ठाकुर रहेकी छिन् । उनीहरूको स्थानिय अस्पातलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
तिहारको मुखैमा सुनिताको ज्यान गए पछि उनका भाइको यो तिहारमा निधार खाली हुने भएको छ । उनी तिहारको तयारीमा रहेकी थिइन् ।