काठमाडौं - कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएको छ। गएराति वीर अस्पतालमा उपचारको क्रममा उनको निधन भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद ढकालले जानकारी दिए।
नकर्मीको निधनको शोकमा आज कीर्तिपुर नगरपालिकाभर शोक बिदा दिइएको छ। उनकाे पार्थिव शरीर बिहान ९ बजे नगरपालिकामा ल्याएर श्रद्धाञ्जली अर्पण गरिने र आजै अन्त्येष्टि गरिने ढकालले जानकारी दिए।
मेयर नकर्मी लामो समयदेखि मिर्गौला रोगबाट पीडित थिए। २ साउनमा मिर्गौलामा समस्या आएपछि उनी वीर अस्पतालमा भर्ना भएका थिए। स्वास्थ्यमा निरन्तर समस्या आएपछि १ साउनमा उनले सुनिता शाक्यलाई कार्यवाहक नगर प्रमुखको जिम्मेवारी दिएका थिए।