फेरि महिलामाथि एसिड प्रहार

जनकपुरमा एक महिलामाथि एसिड प्रहार गरेको आरोपमा एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ स्थित जानकीनगरमा माईतीमा बसेको बेला शनिबार विहान एक युवकले एसिडले प्रहार गरी भागेको स्थानीयवासीको भनाई छ ।

उपमहानगरपालिका वडा नम्बर २३ स्थित देवपुरा रुपैठा बस्ने २६ वर्षीया आरती साह माथि एसिड प्रहार भएको हो ।

घाइते आरतिको अहिले स्थानिय अस्पतालमा उपचार भइरहेको छ । घटनाको विस्तृत अध्ययन भै रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया