अव विदेशमा अलपत्र परेका नागरिकको उद्दार नहुने

काठमाडौं- मन्त्रिपरिषदको बैठकले आगामी मंसिर ३० गतेसम्म अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने निर्णय गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषदको बैठकले थप १ महिना सिमा नाका बन्द गर्ने निर्णय गरेको हो । कोरोना संक्रमणको दर बढ्दै गएकाले यो निर्णय गरिएको सरकारका प्रवक्ता मन्त्री पार्वत गुरुङले बताए ।

यस्तै यसअघि विदेशमा अलपत्र परेकाहरुको उद्धार गर्दै आएको सरकारले अब अलपत्र नागरिकका लागि उद्धार उडान नगर्ने निर्णय गरेको छ । कोरोना संक्रमणका कारण विभिन्न देशमा अलपत्र १ लाख ३६ हजार २१६ जनालाई उद्धार गरी स्वदेश ल्याएको बताउदै मन्त्री गुरुङल अब नेपाल आउने नागरिकलाई नियमित उडानबाट आउने व्यवस्था गर्ने बताए ।

यस्तै बैठकले स्वास्थ्य सुरक्षा विधि अपनाउदै खेलकुदका प्रशिक्षण गर्न दिने निर्णय गरेको छ । ओलम्पिक खेलकुदमा सहभागिता, फुटबल, क्रिकेट, भलिबल जस्ता विदेशमा हुने खेलकुद प्रतियोगितामा सहभागी हुन अनुमति दिने निर्णय गरेको हो ।

यस्तै बंग्लादेशबाट जीटुजी प्रक्रियाबाट मल खरिद गर्ने निर्णय भएको छ । आगामी मंसिर २ गते किजा पूजाका अवसरमा सार्वजनिक बिदा दिने निर्णय पनि गरेको छ ।
साथै मन्त्रीपरिषद बैठकले बलात्कारपछि हत्या गरिएकी सम्झना कामीका परिवारलाई ३ लाख रकम सहायता गर्ने निर्णय भएको मन्त्री गुरुङले बताएका छन् ।

प्रतिक्रिया