काठमान्डौं- नेपालमा पछिल्लो २४ घण्टामा २३ सय ४९ संक्रमितहरु कोरोना मुक्त भई घर फर्केका छन् ।
यस्तै सोही समयमा १९ सय १३ जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो समय नेपालमा संक्रमित भन्दा निको हुने बढिरहेका छन् भने संक्रमण दर समेत घटिरहेको छ ।
१० हजार २२ जनाको कोरोना परीक्षण गरिएकामा सो संख्याको कोरोना फेला परेको हो । संक्रमित अधिकांस उपत्यकाका रहेका छन् ।
२४ घण्टामा १५ जनाले कोरोना बाट ज्यान गुमाएका छन् ।