इजरायलले इरानमा गरेको हवाई आक्रमणमा ७८ जनाको ज्यान गएको पुष्टि गरिएको छ, जसमध्ये अधिकांश सर्वसाधारण रहेको इरानी पक्षको दाबी छ। इरानका संयुक्त राष्ट्रसंघीय राजदूत अमीर-सईद इरावानीले संयुक्त राष्ट्र सुरक्षा परिषद्को आपतकालीन बैठकमा जानकारी दिँदै उक्त आक्रमणमा ३२० भन्दा बढी व्यक्ति घाइते भएको जनाएका हुन्।
उनका अनुसार इजरायलले इरानको नागरिक क्षेत्र, आवासीय भवन तथा आणविक पूर्वाधारलाई लक्षित गरी आक्रमण गरेको हो। आक्रमणपछि इरानी सर्वोच्च नेता आयतुल्लाह अली खामेनीले कडा चेतावनी दिँदै इजरायललाई "यस प्रकारको अपराधबाट सजिलै उम्कन नदिइने" बताएका छन्।
यो आक्रमण इरानबाट इजरायलको व्यापारिक राजधानी तेल अभिभमा लक्षित गरी गरिएको लामो दुरीको मिसाइल प्रहारपछि भएको प्रतिक्रिया स्वरूप भएको बताइएको छ, जसमा इजरायली प्यारामेडिक सेवाका अनुसार कम्तीमा ३४ जना घाइते भएका छन्।
इरावानीले अमेरिकालाई पनि दोषी ठहर गरेका छन्, जसले इजरायललाई आक्रमणमा प्रत्यक्ष हतियार र सहयोग गरेको आरोप लगाएका छन्। उनले सुरक्षा परिषद्सँग इजरायलको कार्यको निन्दा गर्न र त्यसलाई जवाफदेही बनाउन माग गरेका छन्। इरानले यस हमलालाई "बर्बर र आपराधिक" भन्दै अन्तर्राष्ट्रिय स्तरमा कूटनीतिक दबाब बढाएको छ।