कुनैपनि हालतमा दुवै पदबाट राजीनामा दिन्नँ – प्रधानमन्त्री ओली

काठमाडौं – सत्तारुढ पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा )का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले कुनैपनि पदबाट राजीनामा नदिने दोहोराउनु भएको छ।

नेकपा क्षेत्र बिबाद चर्किरहेको बेला आज एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

बुधबार संखुवासभा पुग्नुभएका उहाँले पत्रकारहरुसँग कुरा गर्दै पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट राजीनामा नदिने बस्ताउनु भएको हो । पाँच वर्षका लागि जनमत प्राप्त प्रधानमन्त्रीले बीचैमा राजीनामा दिन नमिल्ने उनको तर्क छ ।

उहाँले पत्रपत्रिकामा समेत राजीनामाको कुरालाई अनावस्यक रुपमा उठाएको बताउनु भयो । ओलीले आफू महाधिवेशनबाट निर्वाचित भएकाले अध्यक्ष छोड्न पनि प्रक्रिया पूरा गर्नुपर्ने बताए । ‘कसैको चाहना होला, तर चाहना छ भन्दैमा मैले छोड्न मिल्दैन’,उहाँले बताउनु भयो ।

प्रतिक्रिया