आजबाट माउन्टेन इनर्जीको आइपिओ सार्वजनिक भएको छ ।
आज पहिलो दिनमै कम्पनीको माग भन्दा धेरैले आवेदन दिएको कम्पनीले जनाएको छ ।
बुधबार बेलुकी ५ बजे सम्ममा ८० हजार भन्दा धेरै आवेदक बाट १९ लाख १७ हजार कित्ताको लागि आवेदन परेको छ ।
१९ लाख ६८ हजार कित्ता शेयरबाट कम्पनीले १९ करोड ६८ लाख रुपैयाँ संकलन गर्ने छ । यो कम्पनीले यस अघिनै आयोजना प्रभावित क्षेत्रको लागि शेयर निस्काशन गरेको हो । ।
अहिले सार्वजनिक गर्ने शेयरमध्ये २ प्रतिशत अर्थात् ३९ हजर ३ सय ६१ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् ९८ हजार ४ सय १ कित्ता सामुहिक लगानी कोषको लागि बाँडफाँड गरी बाँकि १८ लाख ३० हजार २ सय ६५ कित्ता शेयर सर्वसाधारणको लागि निष्काशन भएको छ ।
अहिले लगानीकर्ता धेरै भएका कारण मंसिर २ गते सम्ममा यो कम्पनीको आइपिओ बिक्री भइसक्ने अनुमान छ । त्यसैले यो कम्पनीको लागि १० कित्ता आवेदन दिदा उत्तम हुने देखिन्छ ।