काठमाण्डौ । निरन्तर शेयर मूल्य बढ्ने क्रममा सानिमा लाईफ इन्स्योरेन्स कम्पनीको शेयर मूल्यमा सोमवार पनि सर्किट लागेको छ ।
कारोबार सुरु भएको केहि मिनेटमै कम्पनीको शेयर मूल्य दश प्रतिशतलको हाराहारीमा बढेको हो । करिव दुई साताको कारोबारसँग कम्पनिको शेयर मूल्य ६६१ रुपैयाँ पुगेको छ । लगानीकर्ताहरुले एक हजार लगानीमा ६ सय प्रशित हाराहारीमा कमाइ गर्न सफल भएका छन ।
समाचार तयार पार्दा सम्म कम्पनीको शेयरको लागि करिव २ कित्ताको माग रहेको छ भने १४० कित्ताको शेयर खरिद विक्री भएको छ ।