निफ्राको शेयर मूल्य समायोजन

काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को सेयरमूल्य समायोजन भएको छ । 

 

बैंककाे ८ प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता ३ सय ३१ रूपैयाँ ४८ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हाे ।  नेप्सेले बुधबारकाे अन्तिम कारोबार मूल्य ३ सय ५८ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो । 

 

बैंककाे वार्षिक साधारण सभा मंसिर २९ गते अनुपम फुडल्यान्ड बत्तिसपुतली, काठमाडाैँमा अनलाईनकाे माध्यमबाट बिहान ९ बजेदेखि सुरू हुनेछ ।

 

 

 

प्रतिक्रिया