प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाको गैर जिम्मेवारीपूर्ण ट्विट,झुक्किएको की जानाजान ?

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको ट्वीटरबाट आज भएको एउटा टुइटेले सामाजिक सञ्जालमा निकै चर्चा पाइरहेको छ ।

यसो त प्रधानमन्त्रीको ट्विटर उनका प्रेस सल्लाहकार र सचिवालयले चलाउँछ । पत्रकार मातृका पौडेलसँगको भेटको बिषयलाई लिएर गरिएको सो ट्विटमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सँगको फोटो समेत हालिएको छ ।

सल्लाहकारले आफ्नो ट्वीटरबाट सार्वजनिक गर्ने शैलीको सो ट्विट झुक्किएर प्रधानमन्त्री ट्विटरबाट सार्वजनिक भएको अनुमान लगाउन सकिन्छ । तर देशका कार्यकारी प्रमुखको सामाजिक सञ्जालमा यति गैर जिम्मेवारीपूर्ण काम हुने गलत भएको धेरैले प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया