काठमाडौ- कोरोना संक्रमण जोखिम कम भएका ठाउँहरूमा सुरक्षाका मापदण्ड पुरा गरी विद्यालय खोल्ने तयारीमा सरकार पुगेको छ ।
अहिले मन्त्रालय कुन विधि र ढाँचाबाट विद्यालय सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा गृहकार्य भइरहेको छ ।
तिहारपछि विद्यालय खोल्ने सम्पूर्ण तयारी पूरा हुन लागेको मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिनु भयो । उहाँले स्वास्थका सम्पूर्ण नियम कडाइका साथ पालन गर्नु पर्ने छ ।
स्थानीय निकायको सहयोगमा कम जोखिम रहेका ठाउँका विद्यालय खोल्न लागिएको हो । स्थानीय निकायले जोखिम नभएको यकिन गरेपछि मात्र विद्यालय खोल्ने अनुमति दिइने छ ।
मन्त्रालयले बनाउने कार्यढाँचामा कसरी विद्यालय खोल्ने र पठनपाठन जोखिमरहित हुने गरी सञ्चालन गर्ने भन्नेबारे केही मापदण्ड पनि समावेश गरिनेछ।
सरकारले असार १ गतेदेखि वैकल्पिक माध्यमबाट पनि शिक्षण सिकाइ क्रियाकलापलाई जारी राखेको छ। अनलाइनलगायत माध्यमबाट विद्यार्थीले पठनपाठन गरिरहेका छन्।