पछिल्लो २४ घण्टामा २७ सय ३६ नयाँ संक्रमित थपिए

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो 24 घण्टामा २७ सय ३६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

यसका साथै यो अवधिमा ८ सय ५३ जना कोरोनबाट मुक्त भएका छन् । विगत केही दिन यता संक्रमित भन्दा निको हुने संख्या धेरै थियो तर आज भने त्यो दर घटेको छ ।

नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ६० हजार ५ सय ७७ जना पुगेको छ ।

नेपालमा थप २२ जनाले कोरोना का कारण ज्यान गुमाएका छन् । विगत २४ घण्टामा १२ हजार ९६० जनाको PCR विधिबाट कोरोना परीक्षण गरिएको छ ।

प्रतिक्रिया