शेयर बजारको लागि अर्को सुखद खबर,चैत्र महिनामा ब्याजदर नबढ्ने

काठमाडौं  । चर्को ब्याजदरको मारमा रहेका ब्यापारिको दवाबका कारण पनि चैत्र महिनामा वाणिज्य बैंकहरुबीच ब्याजदर नबढाउने सहमति भएको छ ।

नेपाल बैंकर्स संघको बैठकले चैतमा ब्याजदर नबढाउने सहमति गरेको हो । जसअनुसार चैतमा पनि वाणिज्य बैंकहरुको बचतको ब्याजदर फागुन महिनाकै यथावत रहन्छ । संघका कार्यकारी निर्देशक अनिल शर्माले फागुन महिनाकै ब्याजदरलाई वाणिज्य बैंकले निरन्तरता दिने बताए । फागुन महिनामा बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ११.३५ र संस्थागत मुद्दति निक्षेपमा १०।०३५ ब्याजदर दिइरहेका छन् । त्यस्तै, बचतमा ५ प्रतिशत र कल निक्षेपमा ३।१५५ सम्म दिइरहेका छन् ।

राष्ट्र बैंकको नियमअनुसार अर्को महिना लागू हुने ब्याजदर यो महिनाकै अन्तिम दिन प्रकाशित गर्नुपर्छ । केन्द्रीय बैंकको नियमअनुसार आगामी महिनाको ब्याजदर प्रकाशित गर्दा विद्यमान ब्याजदरमा १० प्रतिशत भन्दा बढीले बढाउन पाइने छैन । माघको भन्दा फागुनमा बैंकहरुले १०५ ले ब्याजदर बढाएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय