काठमाडौं । चौतर्फी आलोचना र अदालतको आदेश पछि सरकार आफ्नो पूर्ववत निर्णय बाट पछि हट्दै कोरोना परीक्षण र उपचार निशुल्न गर्ने भएको छ ।
सोमबार बसेको मन्त्रिपरिद्को नियमित वैठमा यस अगाडि गरिएको निर्णय सच्याइएको हो । अब सबै सरकारी अस्पतालहरूमा परीक्षण र उपचार निशुल्क हुने छ
सरकारको निर्णयलाई लिएर नेकपा भित्र मात्र हैन सबै तहमा चर्को बिरोध भएको थियो । त्यस्तै असोज १५ गते सर्वोच्च अदालतले पनि सरकारलाई परीक्षण र उपचार निशुल्क गर्न आदेश दिएको थियो ।
साथै कोरोना बिरुद्दको खोप नेपाल ल्याउने पहल र तयारी गर्न समिति गठन समेत गरिएको छ ।