प्रचण्ड र अन्य नेता ओलीलाई फकाउन बालुवाटार

नेकपाको विवाद अहिले सतहमा आएको छ । हिजो प्रचण्ड निकट केही नेताहरुको सचिवालय बैठक बसेर घुमाउरो पारामा ओलीलाई फकाउने निर्णय गर्यो ।

सोही सहमति अनुसार आज प्रचण्ड र केही सचिवालय सदस्यहरू मिलेर ओलीलाई मनाउन बालुवाटार पुगेका छन् । ।

प्रचण्ड’सहित वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव कुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ बालुवाटारमा पुगेका छन् ।

ओलीलाई भेटेर नेताहरुले औपचारिक रुपमा बैठक बोलाउन आग्रह गर्ने स्रोतले बताएको छ ।

प्रतिक्रिया