तिहार पछि निशुल्क खाना वितरण रोकिने

खुल्लामञ्चमा निशुल्क वितरण गर्दै आइएको खाना अब तिहारपछि वितरण बन्द हुने भएको छ ।

महानगरपालिका र यस अभियानका अभियन्ता बीच आज भएको सहमति अनुसार भाइटीका सम्म अहिलेकै अवस्थामा खाना वितरण गरिने साथै त्यसै व्यवस्थित गरेर प्याकेटमा खाना वितरण गरिने उहाँहरुले बताउनुभयो ।

महानगपालिकाले समेत यस अभियानमा सहयोग गर्ने भएपछि अभियन्ता र महानगर बीच सहमति भएको हो । निश्चित स्थान पहिचान गरी निश्चित व्यक्तिहरूको लागि प्याकेटमा व्यवस्थित तवरले खाना वितरण गरिनेछ सहमतिमा उल्लेख गरिएको छ ।

केही  दिनअघि महानगरले अव्यवस्थित रुपमा खाना वितरण कार्य बन्द गर्न नगर प्रहरी परिचालन  गरेको थियो । त्यस पछि महानगरको चर्को आलोचना भएको थियो । आलोचना भए पछि खाना वितरण पुनः सुचारु भएको थियो ।  यसै विषयलाई लिएर महानगरपालिकाले पत्रकार सम्मेलन गर्दै आफूले यस अभियानमा सहयोग गर्न चाहेको धारणा व्यक्त गरेको थियो ।

प्रतिक्रिया