गुठी संस्थानको जग्गा खाली गराउँदै काठमाडौं महानगर

काठमाडौं - काठमाडौं महानगरपालिकाले कालोपुल क्षेत्रमा अतिक्रमण गरेर बनाइएका संरचना डोजर लगाएर भत्काएको छ। महानगरले गुठी संस्थानको जग्गा अतिक्रमण गरी निर्माण गरिएका टहरा हटाउन पटक-पटक सूचना दिएको भए पनि अटेर गरेपछि बाध्य भएर डोजर चलाइएको जनाएको छ।

तर, त्यहाँ रहेका नागरिकले भने कुनै पूर्वसूचना नदिई एक्कासि भत्काएको गुनासो गरेका छन्। उनीहरूका अनुसार महानगरले टहराभित्र रहेका सामानसमेत निकाल्न नदिई डोजर चलाएको थियो, जसका कारण प्रभावित स्थानीयहरू आक्रोशित बनेका थिए।

स्थानीयको विरोधपछि महानगरले बाँकी रहेका टहराबाट तीन दिनभित्र सामान निकाल्न समय दिएको छ।

प्रतिक्रिया