काठमाडौं - नेपाल स्टक एक्चेन्ज (नेप्से) काे सीईओकाे लागी ११ जनाकाे दरखास्त परेकाे छ ।
नेप्सेकाे सीईओ बन्न बद्रीप्रसाद प्याकुरेल, प्रविण पन्दाक, जीवन अमगाई, कृष्ण कार्की, डा. रमेश कुमार भण्डारी, छविराज पन्त, निरञ्जन फुयाँल, दिपक गाैतम, गाेविन्द दाहाल, रमेश घिमिरे र केशव श्रेष्ठले दरखास्त दिएका छन् ।
यसअघि नेप्सेकाे सीईओ रहेका चन्द्रसिंह साउदले परिवारकाे नाममा बुकविल्डीङबाट निष्काशन हुन लागेकाे सर्वाेत्तम सिमेन्टकाे सेयर सस्ताे मुल्यमा खरिद गरेका थिए । साेही विषयमा अर्थ मन्त्रालयकाे दवावमा साउदले राजिनामा गरेका थिए । गैरकानुनी सेयर खरिदमा मुछिएका साउद फेरी नेप्से फर्कने धेरैले अनुमान गरेका थिए । तर साउदले आवेदन नै दिएनन् ।
नेप्सेकाे सीईओकाे लागी आवेदन दिने हिजो अन्तिम दिन हाे । नेप्से सरकारले गरेकाे भागवण्डा अनुसार माओवादीकाे भागमा परेकाे छ ।