लामो समय दुःख गरेको आफ्नै अस्पताल मा आफू बिरामी पर्दा बेड नपाउँदा एकजनाको ज्यान गएको छ ।
महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालका लेखा अधिकृत ५२ वर्षीय राजाराम इटनीको आफू बिरामी पर्दा आइसियु नपाउँदा उनको ज्यान गएको छ ।
उनलाई बेड छैन भन्दा अस्पतालमा बेड भने खाली रहेको खुलेको छ ।
आइसियू बेड नमिलेपछि परिवारले राजारामलाई भंगालस्थित आफ्नै नातेदारको करूणा अस्पतालमा लगे। तर राजारामले सोही अस्पतालमा अन्तिम सास फेरे।
उहाँ विगत २५ वर्षदेखि सो अस्पतालमा काम गर्दै आउनु भएको थियो ।