जनतालाई सबै भन्दा धेरै डाक्टर चाहिने बेला हो यो । तर सरकारी अस्पतालमा कार्यरत १६ जना डाक्टरले भने यही अफ्टेरो परिस्थितिमा काम नगर्ने भन्दै राजीनामा दिएका छन् ।
अस्पताल प्रशासनले आफ्नो माग र सुरक्षामा ध्यान नदिएको भन्दै उनीहरुले राजीनामा दिएका हुन ।
अग्रपंतिमा काम गर्ने उनीहरुलाई सरकारले सेवा सुविधा र भत्ता समेतमा अन्याय गरेको आरोपमा लगाएका छन् । आफूहरुले बारम्बार ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाई नभएको कारणले राजीनामा दिन परेको पत्रमा उल्लेख गरिएको छ ।
सरकारले अग्रपंतिमा काम गर्नेहरूको लागि जोखिम भत्ता दिने भने पनि त्यो उपलब्ध नगराएको चौतर्फी गुनासो छ ।