पश्चिमी वायुको प्रभावले केही साथमा वर्ष हुने सम्भावना जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
किसानले धान खेती उठाउने मौसम भएका कारणले यो समयको वर्ष किसानको लागि भने चिन्ताको विषय बनेको छ । हिउँदे खेतीको लागि राम्रो भए पनि पाकेको बाली रुझ्ने पिरलो किसानहरुलाई रहेको छ ।
प्रदेश १ मा हल्का बद्ली हुने र बाकी पहाडी क्षेत्रमा वर्षको समेत सम्भावना रहेको विभागले जनाएको छ ।
हिजो पनि उपत्यका लगायत केही स्थानमा हल्का वर्ष भएको थियो । पछिल्लो साता देखि निकै जाडो बढिरहेको छ । उपत्यकामा न्यूनतम तापक्रम १० को आसपास आउन थालेको छ ।